Logo
Logo
राजनिती

६ राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन निर्देशन

त
तिलिचो न्यूज
२०८३ साउन ८ गते १६:०१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सरकारले ६ देशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन भनेको छ । कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए । तर, सरकारले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनेको हो ।

“६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

बुधबार (साउन ६) बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको हो । बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मलराज काफ्ले, म्यानमारमा हरिश्चन्द्र घिमिरे, अस्ट्रियास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधिमा भरत रेग्मी र इजिप्टका निम्ति नेपाली राजदूतमा सुशील लम्साल छन् । उनीहरूलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ । राजदूत नियुक्तिमा ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित